काठमाडौं– डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका गुरुङ बुधबार माओवादी केन्द्र प्रवेश गरेका हुन्।
बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई पार्टीमा स्वागत गरे।
सोमबार गाउँपालिका क्षेत्रमै आयोगजित कार्यक्रममा प्रचण्डले गुरुङसहितलाई पार्टी प्रवेश गराए। गाउँपालिका अध्यक्ष गुरुङसहित सबै वडाका वडाध्यक्षहरु पनि माओवादी प्रवेश गरेका प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्।
बुधबार पार्टी प्रवेश कार्यक्रममा प्रचण्डसँगै माओवादी नेता एवम् अर्थमन्त्री जनार्दन शर्मा, माओवादीका कर्णाली प्रदेश इञ्चार्ज शक्तिबहादुर बस्नेतसहित उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।