युवराज दुलाल।
काठमाडौं- सत्तारूढ गठबन्धनले बागमती प्रदेश सरकार सञ्चालनका लागि कार्यदल बनाएको छ।
नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलालको संयोजकत्वमा प्रदेश सरकार सञ्चालनमा सहयोग गर्न ६ सदस्यीय कार्यदल बनाइएको हो।
कायर्दलमा माओवादी, कांग्रेस र एकीकृत समाजवादीबाट २/२ जना सदस्य छन्। माओवादीबाट दुललासहित बुद्धिमान माझी, कांग्रेसबाट प्रभात तामाङ र राधा घले तथा एकीकृत समाजवादीबाट मीना ज्ञवाली र माधव पौडेल रहेका छन्।
कार्यदलले प्रदेश सरकार सञ्चालनका लागि सहजीकरण गर्ने जनाइएको छ।
कार्यदलले गठबन्धनबीच न्यूनतम साझा कार्यक्रम तयार गर्ने, सरकारको कार्यक्रम कार्यान्वयनलाई मितव्ययी, प्रभावकारी बनाउने लगायतका काम गर्ने संयोजक दुलालले नेपाल लाइभलाई बताए।
यसअघि केन्द्रमा सरकार सञ्चालन सहजिकरणका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेको संयोजकत्वमा ११ सदस्यीय समन्वय समिति बनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।