काठमाडौं– सिन्धुली सदरमुकाममा आयोजना हुने कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद भएसँगै निषेधाज्ञा जारी भएको छ।
एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए।
सदरमुकाम सिन्धुलीगढीमा निर्मित बाल उद्यान पार्कको उद्घाटन तथा त्यहाँ बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण कार्यक्रममा कमलामाई नगरपालिकाले पोखरेललाई प्रमुख अतिथिको रुपमा बोलाएकोपछि विवाद सुरु भएको थियो।
जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।