• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सन्दर्भ : गणेशमान सिंहको १०७औँ जन्मजयन्ती

अनि गणेशमानले कांग्रेस परित्याग गरे...

64x64
किशोर दहाल बुधबार, कात्तिक २४, २०७८  १२:३३
1140x725

जनआन्दोलन २०४६ पछि २०४८ सालमा आम निर्वाचन भयो। २०५ निर्वाचन क्षेत्रमध्ये ११० ठाउँमा जित्दै नेपाली कांग्रेस बहुमत प्राप्त दल बन्यो। पार्टी महामन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने। यही सरकारको कामकारबाहीलाई लिएर नेता गणेशमान सिंह र प्रधानमन्त्री कोइरालाबीच असमझदारी बढेको थियो। यही असमझदारी नै कालान्तरमा गणेशमानको पार्टी परित्यागको कारण बन्यो।

गणेशमान चाहन्थे- सरकारले जनआन्दोलनको मर्म र भावना, सहिदहरुको सपना तथा जनचाहना अनुसार काम गरोस्। सरकारले पार्टीको निर्णय र निर्देशन अनुसार काम गरोस्। प्रजातन्त्र शिशु अवस्थामै रहेका कारण कांग्रेस र कम्युनिस्टबीच एकता कायमै रहोस्।

तर, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यशैली स्वेच्छाचारी खालको थियो। पार्टी र सरकारबीच अन्तरसम्बन्ध भए पनि दुवैको मार्ग फरक भएको उनको बुझाइ थियो। सरकारको गठन पार्टीबाट हुने भए पनि यसको जिम्मेवारीको क्षेत्र र उत्तरदायित्व भने पार्टीभन्दा बढी संवेदनशील र व्यापक हुने उनी बताउँथे। त्यस्तै, जनआन्दोलनका सहयात्री दलहरुबीचको एकता पनि कोइरालाको रुचिको विषय थिएन। उनको सार्वजनिक धारणा नै थियो- माले, मशाले/मसाले र मण्डले एकै हुन्।

जननिर्वाचित सरकारको हरेकजसो कामप्रति गणेशमान सुक्ष्म निगरानी गर्थे। आलोचना गर्थे। जस्तो, सरकारले सात राजदूत नियुक्त गर्दा ६ जना ब्राह्मण र एक जना क्षेत्री समुदायको परे। गणेशमानले जातीय सन्तुलन नमिलाएको भन्दै विरोध गरेका थिए। २०४८ जेठमा प्रधानमन्त्री भएका कोइरालाले पुसमै ६ मन्त्रीलाई बर्खास्त गरिदिए। गणेशमानले स्वेच्छाचारी र अप्रजातान्त्रिक भन्दै विरोध गरे। त्यस्तै, राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कोइरालाले डा. रामशरण महतलाई र गणेशमानले दुर्गेशमान सिंहलाई चाहेका थिए। कोइरालाले दुर्गेशमानलाई आफूले नचिन्ने, तर महत साथीजस्तो भएकाले केही बिगार गरे गाली गर्न पनि सक्ने भन्दै उनलाई नै नियुक्त गर्नु उचित ठाने। महतलाई नियुक्त गरेपछि गणेशमान रिसाए। पछि कोइरालाले दुर्गेशमानलाई बेल्जियमको राजदूत बनाए।

गणेशमानको मौखिक/लिखित सुझाव र आलोचनाले प्रधानमन्त्री कोइरालालाई खासै फरक पर्दैनथ्यो। पटकपटक पार्टीभित्र सहमति हुन्थ्यो। प्रधानमन्त्री कोइराला त्यसलाई लागू गर्दैनथे। उनी आफ्नै ढंगले अघि बढ्थे। भन्नचाहिँ आफूलाई सर्वमान्य नेता भन्ने, तर आफ्नो कुरा पार्टीमा लागू नहुने गरेको गणेशमानले महसुस गरे। त्यसबाट पार्टीमा आफूलाई महत्त्व नदिएको,  कदर नगरिएको बरु अपमान गरिएको उनको बुझाइ थियो। ‘मानिस नेपाली कांग्रेसको सरकार छ भन्छन्। तपाईं सर्वोच्च नेता भन्छन्। जवाफ मैले दिनुपर्ने, अपजस मैले भोग्नुपर्ने, तर, कामचाहिँ मनपरी हुने। म किन बसूँ पार्टीमा? पार्टीमै नबसेपछि अपजसको भागी त हुनु पर्दैन। अपमान त सहनु पर्दैन। अरुले जथाभावी गर्ने, बेइज्जत चाहिँ मेरो हुने? हिजो मलाई ‘सर्वमान्य’ आकाशमा पुर्‍याए जनताले, तर आज ‘गणेशमान चोर, देश छोड’ भन्न थाले। अब प्रजातन्त्र पनि धेरै दिन रहँदैन। प्रजातन्त्र मासिएको म कसरी हेरूँ? आफू बसेको पार्टी प्रजातन्त्रको हत्यामा सहभागी भएको म कसरी हेरिरहूँ? बरु आफैं अलग हुन्छु’, एउटा अन्तर्वार्तामा उनले भनेका थिए।

सरकारको कामबाट असन्तुष्ट गणेशमानले कोइरालालाई प्रधानमन्त्रीबाट हटाउने प्रयास गरेका थिए। झापाको कलवलगुडीमा सम्पन्न कांग्रेसको आठौं महाधिवेशनमा गणेशमानले प्रस्ताव ल्याए- तीन महिनासम्म प्रधानमन्त्रीको काम हेर्ने र सन्तोषजनक नभए राजीनामा गर्ने। यसले कोइरालाई दैनिक कार्य सञ्चालनमै असर पर्‍यो। ‘सिंहदरबार जाँदा जहिले पनि सचिवहरु मलाई तीन महिने प्रधानमन्त्री भन्ने गर्थे। कलवलगुडी सम्मेलनबाट तीन महिनाको म्याद ल्याएर आएको प्रधानमन्त्री। … यस्तैमा तीन महिना म्याद गुज्रियो र किशुनजीले गणेशमानजीको सल्लाहमा फेरि तीन महिनाको म्याद थपिदिनुभयो। फेरि मलाई त्यही समस्या, सिंहदरबार गयो, सचिवहरु उस्तै भनाइ दोहोर्‍याउँथे- आए तीन महिने प्रधानमन्त्री,’ कोइरालाको पुस्तक ‘आफ्नै कुरा’मा उल्लेख छ।

सरकारको आलोचना गर्ने र कोइरालालाई पदमुक्त गराउनुपर्छ भन्ने सवालमा गणेशमान प्रतिपक्षी दलका नेताभन्दा अगाडि थिए।

प्रधानमन्त्री कोइरालाको आलोचना गर्न र पदमुक्तका लागि दबाब दिन गणेशमानलाई टकनपुर सन्धि अर्को कारण भएको थियो। प्रधानमन्त्री कोइरालाले २०४८ मार्ग १९ देखि २४ सम्मको भारत भ्रमणको क्रममा गरेको सो सन्धिलाई समझदारी भनेर जिकिर गरे पनि सर्वोच्च अदालतले (२०४९ मार्ग ३०) सन्धि ठहर गरिदिएपछि कोइरालाले संसद्लाई ढाँट्न संकोच नमानेको भन्दै खुलारुपमै प्रधानमन्त्री हटाउने अभियान सुरु गरे।

Ncell 2
Ncell 2
nimb
nimb

सरकार र पार्टी नेतृत्वका सन्दर्भमा बैठकहरुमा अनेक पटक कुरा राखिसकेपछि, अनेकौं पटक वक्तव्य जारी गरिसकेपछि पनि सरकार र पार्टी त्यसरी नै चलिरह्यो, जसले गणेशमानको आलोचना र वक्तव्य जारी हुनुअघि चल्थे। त्यसबाट दिक्क भएका गणेशमानले २०५१ जेठदेखि जनजागरण अभियान सुरु गरे। ‘अब राजधानीमा बसेर वक्तव्य प्रकाशित गरेको भरमा जनताले साथ दिने छैनन्। त्यसकारण जनताको घरदैलोमै पुग्ने र तिनीहरुसँग अन्तरक्रिया गर्ने निर्णय उहाँले गर्नुभएको हो। प्रजातन्त्र संरक्षणका निम्ति जनतालाई जागृत गराउने उद्देश्यले ‘जनजागरण अभियान’को प्रारम्भ गर्नुभएको हो गणेशमानजीले। त्यसका निम्ति देश भ्रमण गरी प्रजातन्त्रवादीसँग प्रत्यक्ष सम्पर्क गर्ने निधो गर्नुभयो। यो निर्णयका पछाडि दुई मक्सद थिए (क) कांग्रेसी कार्यकर्ताहरु वास्तवमा कति छन् जो खुलेर उहाँलाई सहयोग गर्न तयार छन् त्यो जान्ने। (ख) गणेशमानजीको कदमको समर्थन आमजनता र समर्थकहरुको कस्तो छ? त्यो जान्नु आवश्यक थियो, गणेशमानजीलाई।’ (लौहपुरुष/ घनेन्द्रपुरुष ढकाल)

जनजागरण अभियान भने लामो समय चल्न सकेन। २०५१ असार ६ गते भरतपुर विमानस्थलमा कुर्सी दुर्घटनामा परेपछि उनी दुई महिनासम्म अस्पतालमा बस्नुपर्‍यो। ‘निष्कर्षमा भन्दा जनजागरण अभियानले कुनै ठोस उपलब्धि भने दिन सकेन। त्यसबाट नेपाली कांग्रेसभित्रको मूल धार र विद्रोहीबीचको तकरार झन् बढ्न थाल्यो र आपसमा घातप्रतिघात चल्न थाल्यो।’ (प्रजातन्त्रका योद्धा गणेशमान सिंह / डा. ईश्वरीराज लौडारी)

२०५१ सालमा आइपुग्दा पार्टीमा छत्तीसे समूह परिपक्व भइसकेको थियो। परिणामतः २०५१ असार २६ गते सरकारको नीति तथा कार्यक्रमका लागि धन्यवाद प्रस्ताव संसद्‌बाट पारित हुन सकेन, संसद् विघटन भयो। प्रतिनिधि सभा विघटन गर्ने कदमप्रति गणेशमानमा तीव्र आक्रोश थियो। २०५१ साउन १२ मा सभापति भट्टराईलाई पठाएको पत्रमा उनले भनेका छन्- ‘पदमा टिकिरहने तुच्छ स्वार्थका लागि आफ्नो पार्टीका ११३ जना सांसदको एकै छप्कामा हत्या गर्नु, जुन प्रतिनिधि सभाको गठनका लागि ३० वर्षसम्म पार्टीका असंख्य कार्यकर्ताहरुले बलिदान दिए, त्यसलाई आफ्नो हातको खेलौना सम्झेर मनपरी भंग गर्ने सिफारिस गर्नु र सम्पूर्ण राष्ट्रलाई संकटको भुमरीमा पार्नु कुनै पनि दृष्टिले सानो कोटीको अपराध मान्न सकिन्न।‘

सोही पत्रमा उनले प्रधानमन्त्री कोइरालालाई कारबाहीको माग गरेका छन्। ‘पार्टी कसैको निम्ति सती जान सक्दैन। त्यसैले गिरिजाप्रसाद कोइरालामाथि पार्टीले अविलम्ब कारबाही गर्नुपर्छ। अब द्विविधा र संकोच छाडेर पार्टी र प्रजातन्त्रको पक्षमा कसैमाथि पनि अनुशासनको कारबाही गर्न एक क्षण ढिलो गर्नुहुँदैन। उहाँले यसअघि पनि धेरै पटक अप्रजातान्त्रिक क्रियाकलाप गरिसक्नुभयो। त्यसलाई पार्टीले क्षमा गर्‍यो तर अब पार्टीलाई क्षमा दिने ठाउँ पनि उहाले बाँकी राख्नुभएको छैन। त्यसैले कारबाही एक मात्र समाधान बन्न पुगेको छ’, उनले भनेका छन्।

प्रतिनिधि सभा विघटनको विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले २०५१ भदौ २७ गते फैसला सुनायो। जसमार्फत प्रधानमन्त्री कोइरालाको कदम सदर भयो। गणेशमान निराश भए। उनले ३१ गते स्वदेशी तथा विदेशी पत्रकारहरु जम्मा पारेर अब आफू नेपाली कांग्रेससँग सम्बद्ध नरहेको औपचारिक घोषणा गरे। पार्टी परित्यागका सन्दर्भमा उनले केही कुरा अघि सारेका थिए-
(क) नेपाली कांग्रेसले आफ्नो विचार र भावनाको कदर नगरेकाले आफूले पार्टी त्याग गरेको, तर राजनीतिबाट सन्यास नलिएको।
(ख) पार्टीभित्रैबाट भएका प्रजातन्त्र विरोधी र तानाशाही खालका कार्यहरुबाट आफू असन्तुष्ट रहेको।
(ग) पार्टी सभापति कृष्णप्रसाद भट्टराईबाट गिरिजासँग मतियारको भूमिका निर्वाह गरिएको।
(घ) जिल्ला-जिल्लामा भएको पार्टीको विवाद नसुल्झिएसम्म र गिरिजाको सरकार कायम रहेसम्म आफू पार्टीमा नफर्कने।
(ङ) प्रजातन्त्रमाथि खतरा उत्पन्न हुन लागेको कुनै पनि अवस्थामा आफू मूकदर्शक भएर नबस्ने।
(च) आफ्नो संघर्ष व्यक्तिगत झगडा नभई सैद्धान्तिक भएको। (साप्ताहिक पुनर्जागरण-असोज ४, २०५१ / प्रजातन्त्रका योद्धा गणेशमान सिंह- डा. ईश्वरीराज लौडारी)

मध्यावधि निर्वाचनमा गिरिजाप्रसाद प्रवृत्तिलाई हराउन गणेशमान खुलेर लागे। गिरिजाप्रसादका समर्थकलाई हराउन भन्दै उनको आह्वानमा ६७ वटा जिल्लामा विद्रोही उम्मेदवार खडा गरिए। उनले आफ्ना वक्तव्यमार्फत विद्रोही उम्मेदवारलाई सघाउन अपिल गरे।

‘यस परिप्रेक्ष्यमा हाम्रो पहिलो कर्तव्य यस लक्ष्यको बाटोमा सबैभन्दा ठूलो तगारोका रुपमा रहेको गिरिजा प्रवृत्तिलाई यो मध्यावधि निर्वाचनमा निर्मुल पार्नु नै हो। गिरिजा प्रवृत्तिलाई परास्त गर्ने मेरो आह्वानको आधारमा देशभरिबाट विद्रोही उम्मेदवारहरुको रुपमा उठेका सम्पूर्ण निष्ठावान् कांग्रेसीहरुलाई मेरो नैतिक समर्थन रहेको छ’, २०५१ कात्तिक १४ गते सार्वजनिक विस्तृत अपिलमा गणेशमानले भनेका थिए।

गणेशमानले सो अपिलमा भनेका थिए- ’म तपाईंहरुलाई हार्दिक आह्वान गर्दछु, नेपाली कांग्रेसको आदर्श स्थापना गर्न अघि सरेका, गिरिजा प्रवृत्ति विरोधी इमानदार कांग्रेसी उम्मेदवारहरु र पार्टी आदर्शप्रति निष्ठावान् एवं नैतिक विद्रोही कांग्रेसीहरुलाई भोट दिएर अत्यधिक बहुमतले विजयी गराउनुहोस्। त्यस्ता उम्मेदवारहरु नभएको ठाउँमा जनआन्दोलनको मूलधारमा सम्मिलित रहेका र त्यसको मर्म एवं भावनासँग तादात्म्य राख्ने उम्मेदवारहरुलाई भोट दिनुहोस्। अप्रजातान्त्रिक, अयोग्य एवं भ्रष्टाचारी गिरिजा प्रवृत्तिलाई सम्पूर्णतः परास्त गर्नुहोस् र जनआन्दोलनकारी शक्तिहरुले सरकार बनाउने वातावरण सुनिश्चित गर्नुहोस्।’

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १२:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को दोस्रो बैठकमा महाधिवेशनको मिति र विभिन्न तहका... बुधबार, भदौ १७, २०८३
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन सभामुखले राखेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो। बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ! बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सबैको विश्वास जितेर अघि बढ्नुपर्ने बताए । संकटको समयमा जनताले आश्वासन र साम... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार, भदौ १७, २०८३
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ! बुधबार, भदौ १७, २०८३
भोटेकोशी विपत्तिबारे वस्तुगत विवेचना आवश्यक : सांसद थापा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्