काठमाडौं– म्यानमारमा ३० लाख मानिसलाई जीवन जोगाउने सहयोगको आवश्यकता रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघीय अधिकारीहरुले म्यानमारमा सैनिक शासन लागूभएपछि मानवीय संकट थप फैलिएको जनाएका छन्।
राष्ट्रसंघको मानवीय सहायतासम्वन्धी प्रमुख मार्टिन ग्रिफिथसले सैनिक नेतृत्वले जवरजस्ती शासन लागू गर्ने, द्वन्द्व बढ्दै जाने र आर्थिक संकट बढ्ने गरेकाले मानवीय सहायताको आवश्यकता बढेको बताए। शान्तिपूर्ण निकासको प्रयास नभएको र अन्त्यहीन द्वन्द्व भइरहेकाले मानवीय सहायता आवश्यक पर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ थियो।
म्यानमारमा गत फेब्रुअरी १ मा सैनिक नेतृत्वले चर्चित नेतृ आङ साङ् सुकीसहित तत्कालीन सरकार र राजनीतिक दलका अगुवाहरुलाई नियन्त्रणमा लिँदै सत्ता कब्जा गरेको थियो।
मानवीय सहायत प्रमुख मार्टिनले म्यानमारका मर्कामा परेका जनतालाई तत्काल सहयोग उपलब्ध गराउनसमेत सबैलाई आह्वान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।