काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय भूमि आयोगले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी लिएका छन्।
मङ्गलबार मन्त्रालयमा आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्कासहितका पदाधिकारीलाई बोलाएर अहिलेसम्म भएका प्रगतिबारे जानकारी लिएका हुन्।
आयोगका अध्यक्ष निरौलाले यसअघिको आयोगले गरेका काम र अहिलेसम्मको अवस्थाबारे सबै पालिकासँग तथ्याङ्क मागिएको जानकारी दिए। त्यो तथ्याङ्क आयो भने अहिलेसम्म कति काम भएको छ, गर्नुपर्ने काम के छ र कति समय लाग्छ भन्नेबारे स्पष्ट हुने गृहमन्त्री खाणलाई जानकारी गराए।
उनले अहिलेसम्म ११ लाख फाराम भरिएकामा सफ्टवेयरमा जम्मा एक लाख ८४ हजारमात्रै इन्ट्री गरिएको जानकारी गराएका थिए। कात्तिक मसान्तसम्म कार्यविधि बनाएर काम सुरु गरी माघ मसान्तसम्ममा केही मात्रामा भए पनि जग्गा धनी पूर्जा बाँड्ने गरी आफूहरूले काम गरिरहेको उनले जानकारी गराए।
गृहमन्त्री खाणले नतिजा आउनेगरी काम गर्न निर्देशन दिए। ‘गृह मन्त्रालयबाट हुने साथ र सहयोग तपाईंहरूलाई पूर्णरूपमा हुन्छ। नतिजा देखिनेगरी काम गर्नुहोला,’ गृहमन्त्री खाणले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।