• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ २९, २०८२ Thu, Feb 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चोलेन्द्रमाथि शम्भु थापाको 'गम्भीर' आरोप: राजीनामा माग भइरहँदा पनि भाइमार्फत् मुद्दामा बार्गेनिङ गरे

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २३, २०७८  १९:५०
1140x725

काठमाडौं– वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि 'भाइलाई परिचालन गरी मुद्दामा चलखेल गरेको' गम्भीर आरोप लगाएका छन्। 

सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीले राजीनामा मागेर आन्दोलन सुरु गरेपछि पनि प्रधानन्यायाधीश राणाले आफ्ना भाइ प्रभु शमशेर राणालाई परिचालन गरेर मुद्दामा चलखेल गराएको थापाको आरोप छ। आफूले विनाआधार आरोप नलगाएको दाबी गर्दै थापाले आवश्यक परे 'कल रेकर्ड' उपलब्ध गराउने पनि बताएका छन्। 

केही मुद्दामा सर्वोच्च अदालतमा दर्ता भएर प्रधानन्यायाधीश राणाले पेसी तोक्न थालेदेखि नै उनका भाइ प्रभु शमशेर राणाले 'बार्गेनिङ' सुरु गरेको थापाको भनाइ छ। 

‘प्रधानन्यायाधीशका भाइ प्रभु शमशेरले मुद्दा दर्ता भएदेखि नै बार्गेनिङ गरे। ४ वजे इजलास बस्दै सैनिकको क्षेत्राधिकारसम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी गर्नुभयो, तर त्यसपछिको मुद्दा हेर्दा–हेर्दै राख्नुभयो,’ संवैधानिक कानुन व्यवसायी मञ्चले मंगलबार आयोजना गरेको 'न्यायपालिकाको वर्तमान संकट र निकास' विषय कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने।  

प्रधानन्यायाधीश राणाले कात्तिक १४ गतेका लागि आफ्नो एकल इजलासमा तोकेको मुद्दाको सन्दर्भमा उनका भाइ प्रभु शमशेरले 'बार्गेनिङ' गरेको थापाको आरोप छ। 

प्रधानन्यायाधीश राणाले कात्तिक १४ गतेका लागि आफूसहितका ८ वटा संयुक्त र ४ वटा एकल गरी १२ इजलास गठन गरेका थिए। राणाले आफ्नो एकल इजलासमा २ थान मुद्दाको पेसी तोकेका थिए। 

एउटा मुद्दा कर्तव्य ज्यानको कसूर लागेका सैनिक कर्मचारीको मुद्दा सैनिक अदालतमा पठाउने चितवन जिल्ला अदालतको आदेशविरुद्धको थियो। महान्यायाधीवक्ताको कार्यालयले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै राणाले अन्तरिम आदेश जारी गरेका थिए। 

उच्च अदालत पाटनविरुद्ध भेषराज लोहनीले दायर गरेको अर्को मुद्दालाई पनि राणाले आफ्नो इजलासमा तोकेका थिए। प्रधानन्यायाधीश राणाले लोहनीको मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए।   

Ncell 2
Ncell 2

‘कात्तिक १४ गते प्रधानन्यायाधीश राणाको इजलासमा पेसी तोकिइ हेर्दाहेर्दैमा रहेको मुद्दामा भाइ प्रभु शमशेरले दर्ता भएदेखि हेर्दाहेर्दैमा राख्ने निर्णय हुँदासम्म बार्गेनिङ गरेका छन्,’ वरिष्ठ अधिवक्ता थापाले भने, ‘आवश्यक परे कल रेकर्ड दिन सक्छु।’ 

जिल्ला र उच्च अदालत पाटनले गरेको निर्णयविरुद्ध थुनामा राख्न माग गर्दै आएको निवेदनमा राणाले आफ्नो राजीनामा माग भइरहेको समयमा समेत बार्गेनिङ गरेको थापाको भनाइ छ। 

प्रधानन्यायाधीश राणाको कात्तिक १४ गतेको इजलासले हेर्दाहेर्दैमा राखेको उक्त मुद्दाको अर्को पेसी कात्तिक ३० गते रहेको छ। 

प्रधानन्यायाधीश राणाले 'मनी साइफनिङ' गरेको पनि थापाको आरोप छ। राणामाथि राज्यले अनुसन्धान गर्नुपर्ने पनि थापाको माग छ। 

‘नेपालका विचौलियाले उठाएको पैसाले अमेरिकामा कसैले पीआर लिएर बसेको र कसैको नाममा ग्यास स्टेशन किनिएको छ, ’ थापाले भने, ‘कसैलाई होटल किनिदिएको र केही पैसा सोही बाटोबाट नेपाल ल्याइएको छ।’ 

थापाले प्रधानन्यायाधीशको नाममा अर्ब अर्बको बार्गेनिङ हुने गरेको र  करोड घटीको कुरा नै नहुने गरेको थापाको भनाइ छ। 

‘ममाथि पनि धेरै दाग लगाउन सक्नुहुन्छ, हिम्मत छ भने लगाउनुस्,’ थापाले भने, ‘विशेष अदालतबाट सरुवा भएर गएपछि २०६७ सालमा श्रीमती रेजाको नाममा जग्गा पारित भएको थियो। पछि चोलेन्द्र शमशेरको नाममा भएकै हो। भ्रष्टाचार मुद्दामा सफाई दिएको त्यो घुसको नै थियो।’ 

भैरहवामा लिलाममा गएको कोर इन्स्टुमेन्ट एण्ड माउन्ड प्रालि भाइ प्रभु शमशेरको नाममा लिलाम सकार गरेर पनि देखिएको आरोप थापाले लगाए। ‘यो नयाँ सम्पत्ति सिर्जना गरेको हो। १६ करोड एनसीसी बैंकबाट लिएको देखिन्छ,’ थापाले भने, ‘बानेश्वरमा रहेको भवनको त कुरै नगरौं। उहाँ पहिला पनि धनाढ्य होइन। हिँडेर जाने र हिँडेर आएकै मानिस हो।’ 

वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश राणाको इजलासमा पर्ने हेरक मुद्दामा शंका मात्रै हुने गरेको टिप्पणी गरे।  ‘पुनरावलोकन परे त्यसैमा बागर्नेनिङ गरेको सुनिन्छ। इजलासमा परेको मुद्दामा खाली शंका मात्र हुन्छ, कसले मिलायो थाहा नै नहुने,’ थापाले भने। 

राणाको इजलासमा पर्ने मुद्दाका पक्षले 'यो त पहिला के भइसकेको (मिलिसकेको)' भनेर भन्ने गरेको समेत सुनेको थापाले बताए।  ‘उहाँ (राणा)को इजलासमा परेको मुद्दामा यो त पहिला के भइसकेको भनेर पक्षले भनेको समेत सुन्न परेको छ, के हो यो?’ थापाले भने। 

प्रधानन्यायाधीश राणाले यसबीचमा उच्च अदालतका न्यायाधीश नियुक्ति गरेको समेत सुनेको थापाको भनाइ छ। तर, विविध कारणले अहिले सार्वजनिक गर्न नसकेको उनको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० विश्वकपमा पहिलो पटक नेपाल र इटाली आमनेसामने हुदैँ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
टी–२० विश्वकपः दुई सुपरओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित
सम्बन्धित सामग्री
सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ को स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका... बुधबार, माघ २८, २०८२
मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्रष्टाचारप्रति अख्तियार प्रमुखको चिन्ता आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख आयुक्त राईले मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्र... बुधबार, माघ २८, २०८२
भ्रष्टाचार नियन्त्रण गर्न हामीसँग पर्याप्त संरचना र कानुन छन् : प्रधानमन्त्री कार्की बुधबार आयोगको ३५ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अख्तियारले राम्रो काम गर्दागर्दै पनि भ्रष्टाचार न्युन... बुधबार, माघ २८, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकपमा पहिलो पटक नेपाल र इटाली आमनेसामने हुदैँ बिहीबार, माघ २९, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बिहीबार, माघ २९, २०८२
टी–२० विश्वकपः दुई सुपरओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित बुधबार, माघ २८, २०८२
धनुषा-३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवारले रास्वपा प्रवेश गरे ! बुधबार, माघ २८, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्रष्टाचारप्रति अख्तियार प्रमुखको चिन्ता बुधबार, माघ २८, २०८२
सुनको भाउ ११ सयले बढ्यो बुधबार, माघ २८, २०८२
टी–२० विश्वकपः दुई सुपरओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित बुधबार, माघ २८, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्