काठमाडौं- नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ। मंगलबार बसेको पार्टीको स्थायी समिति बैठकले सम्मेलन केन्द्र तय गरेको हो।
माओवादी केन्द्रको आगामी राष्ट्रिय सम्मेलन यही पुस ११ देखि १३ सम्म हुँदैछ। समय निश्चित गरिएको भएपनि ठाउँ तय भएको थिएन। आजको बैठकले ठाउँ तय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
साउन ३० र ३१ मा बसेको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव ल्याएका थिए। बैठकले सो प्रस्तावलाई पारित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।