चौतारा– सिन्धुपाल्चोकमा एक माइक्रो बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट काठमाडौं जाँदै गरेको बा २ ख २६१२ नम्बरको सिन्धु पाँचपोखरी यातायात प्रालिको माइक्रो बस पोखरबेसीमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार माइक्रो बस सडकभन्दा करिब १० मिटर तल खसेको छ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काभ्रेको धुलीखेल अस्पताल पुर्याइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।