काठमाडौं– प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतकै न्यायाधीशहरुले बेन्च बहिष्कार गरेको भन्दै माइतीघरमा प्रदर्शन भएको छ। हातमा प्ले कार्डसहित उपस्थित भएका केही व्यक्तिहरुले माइतीघरमण्डला क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गर भन्दै बेन्च बहिष्कार अन्त्य हुनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी भएकाहरुले न्याय पाउने नागरिकको हकअधिकार बञ्चित गर्न नपाइने भन्दै विरोध जनाएका थिए।
आजै बिहान पनि सर्वोच्च अदालत परिसरबाहिर केही सेवाग्राहीसहित अन्यले सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ हुनुपर्ने भन्दै प्रदर्शन गरेका थिए। सो क्रममा प्रहरीले प्रदर्शनमा रहेका केही मानिसहरुलाई नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।