काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो।
पार्टीको आन्तरिक विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको थियो। बैठकमा पछिल्लो राजनीतिक अवस्था, गठबन्धनको सरकारको काम कारबाही लगायतका विभिन्न विषयमा छलफल भइरहेको बताइएको छ।
नेकपा माओवादी केन्द्रको आजको बैठकले गठबन्धनको सरकारलाई प्रभावकारी बनाउन सोमबार गठन भएको राजनीतिक समन्वय समितिका विषयमा पनि छलफल हुने बताइएको छ।
प्रत्येक दलबाट २/२ जना सदस्य रहने उक्त समितिमा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित अर्का सदस्य को सहभागी हुने भन्ने पनि आजको बैठकले औपचारिक निर्णय गर्नेछ। उक्त समितिमा पार्टीका तर्फबाट अर्का सदस्यका रुपमा नारायणकाजी श्रेष्ठ रहने बताइए पनि पार्टीले औपचारिक निर्णय भने गरिसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।