काठमाडौं- वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले न्यायाधीशहरूको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन्।
अहिलेका प्रधानन्यायाधीश, न्यायाधीश मात्रै नभइ अवकाश पाइसकेका न्यायाधीशरूको पनि सम्पत्ति छानबिन गर्नुपर्ने उनको माग छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध नेपाल बार एसोसिएसनले जारी राखेको आन्दोलनमा सहभागी हुने क्रममा मंगलबार भण्डारीले यसका लागि स्वतन्त्र छानबिन आयोग गठन हुनुपर्ने बताए।
उनले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वमा गठित समितिको प्रतिवेदन लागू हुनुपर्ने बताए।
भण्डारीले प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलनमा नागरिक समाजलाई पनि साथ दिनका लागि आह्वान गर्नुपर्ने बताए। 'राजनीति भन्दा माथि उठेर हामीले आन्दोलनलाई अघि बढाउनुपर्छ', उनले थपे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।