काठमाडौं- नेकपा एकीकृत समाजवादीको विदेश विभागले विभिन्न ५ वटा निर्णय गरेको छ। सोमबार विभागका प्रमुख झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको एकीकृत समाजवादीले जनाएको छ।
विदेश विभागको कार्यालय व्यवस्थित गर्ने, वर्तमान विश्व कम्युनिस्ट आन्दोलनको बारेमा यथार्थ स्थितिको अवलोकन गर्ने, विभिन्न देशमा रहेका कम्युनिस्ट पार्टीहरूको बारेमा अध्ययन गर्ने, सम्पर्क गर्ने र सम्बन्ध विस्तार गर्ने, नेपाली कम्युनिस्ट आन्दोलनको बारेमा मित्र पार्टीलाई जानकारी गराउने निर्णय गरेको हो।
विदेश विभागको तर्फबाट 'समाजवाद' नामक मासिक पत्रिका नियमित प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको छ।
साथै, बैठकले विदेश विभागको सचिवमा विदेश विभाग सदस्य डाक्टर शंकर खतिवडालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।