काठमाडौं– मुद्दा सुनुवाइको माग गर्दै सर्वोच्च अदालत अगाडि प्रदर्शनमा उत्रेका महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रधानन्यायाधीसको बर्हिगमनको माग गर्दै कात्तिक ८ गतेबाट न्यायाधीशहरुले इजलास बहिष्कार गरेका छन्। न्यायाधीशहरुले मुद्दाको सुनुवाइ गर्न छोडेपछि न्यायका लागि सर्वोच्च अगाडि महिलाहरुले प्रर्दशन गरेका थिए।
प्रदर्शनकारी महिलाले न्यायाधीशहरुले देश र जनताको पक्षमा काम नगरेको आरोप लगाए।
मुद्दा सुनुवाइ नगर्ने न्यायाधीशको विरोध गरेका उनीहरुले बारको निर्णयप्रति पनि आपत्ति जनाएका थिए। मुद्दा सुनुवाइको माग गर्दै प्रदर्शनमा उत्रेका तीन महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।