काठमाडौं- नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बताएका छन्।
बारको जारी आन्दोलनका क्रममा मंगलबार पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन।
‘राजनीतिक व्यवस्था परिवर्तनका लागि बारका साथीहरू हिजो घाइते भएका छन। मरेका छन्,’ उनले भने, ‘अहिलेको आन्दोलनमा भोलि त्यो अवस्था आउन सक्छ। तर, अहिले नै हामी त्यो आउन दिनु हुँदैन भन्नेमा छौं।’
न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनमा बिर्को लगाउने काम प्रधानन्यायाधीशबाट भएको भन्दै उनले राणाको राजीनामा नआएसम्म आन्दोलन नरोकिने बताए।
‘यो आन्दोलन रोकिने वाला छैन। हामी सशक्त भएर नै अघि बढनेछौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।