धनगढी– कैलालीमा चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको आज मृत्यु भएको छ। मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–७ का २५ वर्षीय नरेश रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
प्रनाउ बिष्टका अनुसार जोशीपुर गाउँपालिका–५ सिम्ररास्थित अभिषेक चौधरीले चलाएको बा ०२–०१५ प २७३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको फोहर फाल्ने फलामको ड्रममा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परी लम्की चुहानगरपालिका–७ का चालक चौधरीसहित मोटरसाइकलमा सवार सोही ठाउँका प्रकाश चौधरी, जीवन चौधरी र नरेश रोकायासहित चारजना घाइते भएका थिए।
घाइतेलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा ल्याइएको नरेश रोकायालाई चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ। अन्य घाइतेलाई सामान्य उपचारपश्चात् घर पठाइएको र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।