काठमाडौं- चर्चित उपन्यास बसाइँका लेखक लीलबहादुर क्षेत्रीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको छ।
भारतका राष्ट्रपति रामनाथ कोविन्दले उपन्यासकार क्षेत्रीलाई सोमबार पुरस्कार प्रदान गरेका हुन्।
उनलाई २०२० को साहित्य र शिक्षाको विधामा पुरस्कार प्रदान गरिएको भारतको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रत्येक वर्ष गणतन्त्र दिवसको अवसरमा प्रदान गरिने यो पुरस्कार अघिल्लो वर्ष कोरोना कहरका कारण वितरण गरिएको थिएन।
अघिल्लो र यस वर्षका पुरस्कृतहरुलाई सोमबार दिल्लीमा आयोजित विशेष समारोहबीच राष्ट्रपति कोविन्दले पद्य विभुषण, पद्य भुषण र पद्मश्री पुरस्कार प्रदान गरेका हुन्।
अघिल्लो वर्ष क्षेत्रीसहित १ सय १९ जनाको नाम पद्मश्री पुरस्कारका लागि घोषणा गरिएको थियो। यो वर्ष १ सय २ जनाले यो पुरस्कार पाएको बताइएको छ।
क्षेत्रीसहित सिक्किमका नेपालीभाषी खेलाडी तरुणदीप राई र अर्का नेपालीभाषी सुटिङ खेलाडी जितु राईले पनि पद्मश्री पुरस्कार पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।