तस्बिर : कुमार गिरी
काठमाडौं- सडक पीच गर्ने क्रममा अलकत्रा बोकेको गाडीबाट सल्केको आगोले रुपन्देहीको बुटवल-१२ नयाँ गाँउमा तीन घरलाई क्षति पुर्याएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार उक्त गाडीबाट स्थानीय गोपाल पाण्डेसहित अन्य दुई घरमा आगो सल्केको हो।
आगलागीबाट एकतले घर जलेर पूर्णरुपमा क्षति भएको र अन्य दुई घरमा सामान्य क्षति भएको उनले जानकारी दिए।
आगो तीनवटा दमकल, प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिसकेका छन्। आगलागीबाट भएको क्षतिको यकिन भइनसकेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।