काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथिको मतदानमा नेपाल मजदुर किसान पार्टी तटस्थ बस्ने भएको छ।
सोमबार प्रदेश सभामा पेस भएको प्रस्तावमाथिको छलफलमा बोल्दै नेमकिपाका सांसद् सुरेन्द्र राज गोसाइँले आफ्नो दल कुर्सीको झगडाभन्दा टाढा बस्ने बताएका हुन्।
पदको झगडा र कुर्सीको लडाइँमा नेमकिपा विगत लामो समयदेखि नै टाढा रहँदै आएको उनको भनाइ थियो। अहिले पनि शासक दलको कुर्सीको तानातानमा नेमकिपा टाढा रहने, बरु नेपाली जनतासँग बस्न चाहने उनले बताए। नेपाली जनताको आवाज आफूहरुले सदनमा मुखरित गर्न चाहेको उनको भनाइ थियो।
'नेमकिपाले लामो समयदेखि प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै आइरहेको जगजाहेर छ। र, आजको यो विश्वासको मतको सन्दर्भमा पनि नेमकिपा तटस्थ रहने जानकारी गराउन चाहन्छ', उनले भने।
नेकपा एमाले र विवेशशील साझा पार्टीले भने विश्वासको मत नदिने प्रष्ट पारिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।