काठमाडौं- सुर्खेतको भेरीगंगा नगरपालिका-५ रत्न राजमार्गको बबईमा फोर्स र हाइस आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्।
सोमबार सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश २००१ ख ०२३२ नम्बरको फोर्स र विपरीत दिशाबाट आउँदै गरको बा ५ ख ४०३३ नम्बर को हाइस एकआपसमा ठोक्किएका थिए।
घाइते हुनेहरुमा जाजरकोट जुनिचादे गाउँपालिका-५ बस्ने ५९ वर्षीय गंगाराम शाही, मकवानपुर हेटौंडा घर भइ सुर्खेत बस्दै आएका ३९ वर्षीय हरि सापकोटा, बाँके नेपालगञ्ज उपमहानगरपालिका-४ का २८ वर्षीय राजु श्रेष्ठ, कञ्चनपुरका ४८ वर्षीय विश्वध्वज भट्ट र दैलेखको गुरास गाउँपालिका-३ का ७० वर्षीय गौमती वली रहेका छन्। अन्यको अवस्था सामान्य रहे पनि वलीको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।
हाइस चालक फरार छन् भने फोर्स चालक जिल्ला सुर्खेत बराहाताल गाउँपालिका-२ बस्ने ३९ वर्षीय गगन सिंह थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।