काठमाडौं- स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान परिषद्का कर्मचारीले कार्यकारी निर्देशकको राजीनामा माग गर्दै कार्यकक्षमा तालाबन्दी गरेका छन्।
सोमबार ललितपुरको जावलाखेलस्थित परिषद्का कर्मचारीहरुले कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठको राजीनामाको माग गर्दै कार्यकक्षमा तालाबन्दी गरेका हुन्।
कर्मचारीहरुले राष्ट्रिय स्तरको तालिम केन्द्रमा कार्यरत कर्मचारीहरुको अवस्था, कर्मचारीको सम्मानजनक व्यवस्थापन, संस्थाको संस्थागत सुदृढीकरण नभएका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन्। उनीहरुले कार्यकारी निर्देशकलाई बारम्बार यस विषयमा अवगत गराए पनि चासो नदिएको आरोपसमेत लगाए।
२२ सूत्रीय माग राखेर कार्यकारी निर्देशकसँग छलफल गरे पनि माग अनुसारको सम्बोधन नभएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान परिषद्का कर्मचारी टापेन्द्रप्रसाद रिजालले बताए।
कर्मचारीहरुले कार्यकारी निर्देशकले कर्मचारीको क्षमता र विश्वास गुमाइसकेकोले राजीनमा दिनुपर्ने माग राखेका छन्। उनीहरुले लिखित रुपमा कुशल नेतृत्व नदिँदासम्म अहिलेका कार्यकारी निर्देशकलाई कार्यकक्षमा पूर्ण रुपमा प्रवेश गर्न नदिने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।