काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशहरूसँग यसअघि भएको सहमतिविपरित पेसी तोकेका छन्। प्रधानन्यायाधीशले सहमति तोडेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरू फेरि समूहिक छलफलमा जुटेका छन्।
सोमबार प्रधानन्यायाधीश राणाले आफू र न्यायाधीश कुमार चुडाल रहेको संयुक्त इजलास तोकेका थिए। यसअघि उनले आफूलाई पेसी नतोक्ने र न्यायाधीशहरूलाई पनि बन्दी प्रत्यक्षीकरणको मात्र पेसी तोक्ने सहमति गरेका थिए। तर, उनले आफूसहितको संयुक्त इजलास तोकेको भन्दै न्यायाधीशहरू छुट्टै छलफलमा जुटेका छन्।
न्यायाधीश चुडाल संयुक्त इजलासमा बस्ने/नबस्ने टुंगो लागेको छैन। उनले आफ्नो एकल इजलासमा रहेको बन्दी प्रत्यक्षीकरणको मुद्दाको भने सुनुवाइ गरेका छन्। त्यसमा उनले कारण देखाऊ आदेश जारी गरेका छन्।
पछिल्लो दुई हप्तादेखि न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।