काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले राजनिामा नदिएसम्म आफूहरुको आनदोल जारी रहने नेपाल बार एसोसिएसनका पूर्वसदस्य अधिवक्ता रमनकुमार कर्णले बताएका छन्।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बारको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीशलाई तत्काल राजीनामा दिन आग्रह गरेका हुन्।
प्रधानन्यायाधीशले सम्मानपूर्वक वहिर्गमनको वाटो मागेको प्रसंग उल्लेख गर्नै अधिवक्ता कर्णले राजीनामा नै एकमात्र विकल्प भएको उल्लेख गरे।
न्यायाधीश नभए प्रधानन्यायाधीशले कसरी प्रशासनिक काम गर्न पाउँछ भन्दै उनले भने, ‘आजै राजीनामा दिनुस् हामी बिदाइ गर्छाै।’ हालको नेतृत्वबाट निकास प्राप्त नहुने उनले बताए। बारले राजीनामा मागिसकेपछि नदिनु दुःखद रहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।