काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसले कात्तिक २८ गते आइतबारका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
पार्टीको केन्द्रीय कार्यालयले आज विज्ञप्ति जारी गरी २८ गते दिउँसो १:०० बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिएको हो।
बैठक पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बस्ने जानकारी दिइएको छ।
बैठकमा पार्टीको आसन्न महाधिवेशन तथा समसायिक विषयमा छलफल हुने बताइएको छ। साथै, सोही बैठकले निर्वाचन समितिले प्रकाशित गरेको महाधिवेशनको नयाँ कार्यतालिका अनुमोदन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।