काठमाडौं- सल्यानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
ना २ ख २५५२ नम्बरको यात्रुबाहक बस सल्यानको कपुरकोटको खारखोलानजिक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद श्रेष्ठले नेपाल लाइभलाई जानकारी दिए।
उक्त बस सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेको थियो । बसमा कति यात्रु थिए र कसरी दुर्घटना भयो भन्ने यकिन भइनसकेको डीएसपी श्रेष्ठले बताए।
उद्धारका लागि सल्यानका डीएसपी गोविन्द थापासहितको टोली घटनास्थलमा खटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।