मोरङ– पुलबाट खोलामा मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ। मोरङ ग्रामथान गाउँपालिका– २ झङ्ग्राही स्थित सुखानी खोलाको पुलबाट मोटरसाइकल खस्दा चाकल आशिष सरदारको मृत्यु भएको हो।
२१ वर्षीय सरदार मोरङको कटहरी गाउँपालिका–५ बासिन्दा हुन्। आइतबार बिहान ७ बजे सरदारले चलाएको को १२ प १६७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलबाट सुखानी खोलामा खसेको थियो।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।