काठमाडौं– यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका मनाइँदै छ। दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन्।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दै छन्। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। नेपाल तथा बाहिर रहेका नेपालीहरुले हर्षोल्लासका साथ भाइटीका मनाउँदै छन्।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने परम्परा छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविदको भनाइ छ।










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।