काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन। यद्यपि केही प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना रहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना छ। ती दुइ प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना महाशाखाले जानकारी दिएको छ।
महाशाखाले प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको समेत जनाएको छ।
शनिबार राति भने देशभर आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ। राति भने गण्डकी प्रदेशका हिमाली भू–भागमा हल्का हिमपात हुनसक्ने महाशाखाको पूर्वानुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।