साङ्केतिक तस्बिर
काठमाडौं- आज साँझ खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा ललितपुरमा एकै परिवारका चार जनाको मृत्यु भएको छ।
ललितपुर महानगरपालिका-१२ पाटनस्थित चक्रबहिलमा साँझ ६:४५ बजे भएको उक्त दुर्घटनामा परी अन्य दुई जना घाइते भएको ललिपुरकी एसएसपी किरण बज्रचार्यले जानकारी दिएकी छन्।
उनका अनुसार घरको तेस्रो तलामा सिलिण्डर पड्किएको हो। सिलिण्डर के कारणले पड्कियो भन्ने खुलिनसकेको एसएसपी बज्रचार्यले बताइन्।
मृत्यु भएकामा ६५ वर्षीय लक्ष्मीप्रसाद ताम्राकार, उनकी छोरी अन्जना ताम्राकार, बुहारी रन्जना ताम्राकार र नाती निर्जल ताम्राकार रहेको प्रहरीले जनाएको छ।
म्ह: पूजाको तयारी गर्दै गर्दा उक्त दुर्घटना भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।