काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको थिमिमा रहेको राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिकमा माल्यार्पण गरेका छन्।
नेपाल संवत् ११४२ को अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल संवत् नेपालको मौलिक संवत् भएकाले यसको सम्वर्द्धन गर्नुपर्नेमा जोड दिए।
‘उहाँले ऋणमा रहेका नेपालीहरुलाई ऋणबाट मुक्त गर्नुभयो, उहाँ जस्तो देशका लागि योगदान पुर्याउने व्यक्ति बिरलै पाइन्छन्, उहाँको प्रेरणाबाट हामीले सिक्न जरुरी छ, आज मात्रै सार्वजनिक भएको नेपाल संवतको विद्युतीय पात्रो मोबाइल अब नेपाल संवतको निर्माणले हाम्रो दैनिक जीवनमा विविध सांस्कृतिक बोध गराउँछ, सरकारी कामकाजमा पनि सहयोग हुने विश्वास लिएको छु’ देउवाले भने।
हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेपाल संवत् मनाइने गरिएको छ। आज ११४२ नेपाल संवत देशभर विविध कार्यक्रम गरी मनाइँदैछ।
यस संवतलाई अहिले नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।
राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।