काठमाडौं- सरकारले नेपालमा हैजाविरुद्धको खोप ल्याउने भएको छ। कपिलवस्तुमा फैलिएको हैजा तथा झाडापखला नियन्त्रणमा समस्या परेपछि सरकारले खोपका लागि अन्तराष्ट्रिय नियकासँग पहल गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार हैजा नियन्त्रणमा सहयोग गरिरहेको विश्व स्वास्थ्य संगठनको करेला सचिवालयले खोप दिने आश्वासन दिएको छ। ग्लोबल स्टक पाइलमा रहने हैजाको खोप ‘ओरल कललेर भ्याक्सिन’ प्राप्तिका लागि गरेको प्रयास सफल भएको प्रवक्ता डा पौडेलले जानकारी दिए।
उनका अनुसार २ लाख ५२ हजार ३६३ डोज खोप आउने निश्चित भएको हो। उक्त खोप हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका अति जोखिमयुक्त क्षेत्रहरु निर्धारण गरेर उपलब्ध गराइने छ।
उक्त खोप एक पटक लगाएपछि पाँच वर्षसम्म सुरक्षित रहने अध्ययनले देखाएको छ।
कपिलवस्तुमा गत १८ असोजदेखि फैलिएको झाडापखालाबाट हालसम्म ६ जनाको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।