• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

किन चार्ल्स शोभराज रिट लिएर पटकपटक सर्वोच्च अदालत पुग्छन्?

64x64
दुर्गा दुलाल आइतबार, कात्तिक २१, २०७८  १०:००
1140x725
फाइल तस्बिर

काठमाडौ– नेपालको जेलमा रहेका कुख्यात ‘विकिनी’ किलर चार्ल्स शोभराज पछिल्लो पटक असोज १८ गते बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए। न्यायाधीश मिरा खड्काको एकल इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश दियो। आदेशलगत्तै दशैँबिदाका कारण अदालत बन्द भए।

आफूलाई गैरकानुनी रुपमा थुनामा राखेको दाबी गर्दै शोभराजले दिएको निवेदन सर्वोच्च प्रशासनले नै दरपिठ गरिदिएपछि उनी इजलास पुगेका थिए। उक्त निवेदन दर्ता हुने वा नहुने भन्ने निर्णय अब हुने सुनुवाइले गर्ने छ।

शोभराज सर्वोच्च पुगेको यो पहिलो पटक होइन। उनी पटकपटक आफूलाई रिहाइको माग गर्दै सर्वोच्च पुगेका थिए। तर, सर्वोच्चले  उनको हकमा निर्णय गर्ने अधिकार सरकारको भएको यसअघि नै जनाइसकेको छ।

आफूले तोकिएभन्दा धेरै सजाय भोगिसकेको शोभराजको दाबी छ। उनको निवेदन इजलासले दर्ताको आदेश दिए अब सर्वोच्चले उनलाई थुनामुक्त गर्नुपर्ने वा नपर्ने विषयमा निर्णय दिने छ। यदि दरपिठ सदर गरेमा उनी थुनामै बस्नुपर्ने छ।

कोरोना महामारीमा पनि ‘मौका’को फाइदा लिने प्रयास
शोभराज विश्वव्यापी रुपमा शुरु भएको कोरोना महामारीको समयमा पनि सर्वोच्च पुगेका थिए। कोराना भाइरसको संक्रमण नेपालमा देखिएपछि त्यसको उच्च जोखिममा कैदीबन्दी रहेको भन्दै सर्वोच्च अदालतको २०७६ चैत ७ गतेको फुलकोर्ट बैठकले निश्चित मापदण्ड पुगेका कैदीबन्दी रिहा गर्ने निर्णय गरको थियो। केन्द्रीय कारागार सुन्धारामा कैदी जीवन बिताइरहेका शोभराजले उक्त निर्णय सञ्चार माध्यममार्फत थाहा पाएका थिए।

त्यसपछि उनले कारागार प्रशासनसँग थप जानकारी लिएर सर्वोच्च पुगेका थिए। तर, सर्वोच्च प्रशासनले फुलकोर्टको उक्त निर्णयमा शोभराज नअटाउने जवाफ दिएको थियो।

फुलकोट बैठकको निर्णय शोभराजलाई समेट्ने किसिमको पनि थिएन। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ अनुसार कैदवापतको रकम लिई कैदी रिहा गर्न सकिने निर्णय भएको थियो। दफा १५५ अनुसार एक वर्षसम्मको कैदको हकमा रिहा हुनसक्ने प्रावधानलाई हेरेर सर्वोच्चले यो निर्णय गरेको थियो। तर, शोभराज जन्मकैद (२० वर्ष कैद) को सजाय काटिरहेका विदेशी नागरिक हुन्।

कैद छुटको माग गर्दै २०७६ कात्तिक २१ गते पनि उनी सर्वोच्च पुगेका थिए। कारागार नियमावलीको प्रावधानअनुसार विदेशी नागरिकले पनि विनाभेदभाव छुट पाउनुपर्ने उनको माग थियो। कुनै पनि अपराधका कसुरदार भए ७० वर्ष उमेर कटेपछि ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने नियमावलीको व्यवस्था आफूलाई पनि लागू हुने मागसहित उनले रिट दायर गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

शोभराजको अपराध-यात्रा
सन् १९४४ मा भियतनाममा जन्मिएका शोभराजका बाबु भारतीय मूलका हुन्। पछि उनलाई आमाका प्रेमीले हुर्काएका थिए।

उनको अपराध–यात्रा सन् १९६३ मा १९ वर्षको उमेरबाट सुरु हुन्छ। त्यसबेला उनले पेरिसको एक घरमा चोरी गरेका थिए। लगत्तै पक्राउ परेका उनले झन्डै एक वर्ष जेल जीवन बिताए। जेलमा त्यहाँको अन्डरवल्ड समूहका सदस्य फिलिक्स इसकोन्जीसँग चिनजान भयो।

जेलबाट छुटेपछि शोभराजले उनकै समूहमा आबद्ध भएर अपराध कर्म थाले। उनले त्यति बेला अपराधका लागि सूचना संकलनको काम गरेको बताइन्छ। त्यसपछि उनले पेरिसमा चोरी आतंक मच्चाए। सो क्रममा प्रहरीले निगरानी थालेपछि पेरिस नै छाडे।

उनी पूर्वी युरोप हुँदै सन् १९७० मा भारत आए। मुम्बईमा कार चोर्ने र बेच्ने गर्थे। भारतको मुम्बईस्थित होटल अशोकामा चोरी गरेकै कारण पक्राउ परेका उनी छुटेपछि अफगानिस्तान छिरेका थिए। त्यहाँ पनि उनी समातिए। तर, बिरामी परेको नाटक गरेर अस्पतालबाटै फरार भए।

त्यसपछि उनी इरान, टर्की हुँदै ग्रिसतिर लागे। ती देशमा चोरी र लुटपाट आतंक मच्चाएपछि थाइल्यान्ड पुगे। त्यहाँ त उनले तीन जना पर्यटकको हत्या नै गरे। हत्या गरिएका तीन जना पर्यटकको राहदानी बोकेर उनले काठमाडौंको यात्रा तय गरे। नेपालमा पनि विदेशी पर्यटकको हत्या गरे। २०३२ पुस ६ गते क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुरको मनोहरा खोलामा फालेका थिए।

उनीविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले २०३२ पुस ६ गते मुद्दा दायर गराएका थिए। त्यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्यामा उनैको संलग्नता थियो। अमेरिकन युवती कोनी ब्रन्चिजको हत्या मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका शोभराज प्रहरीलाई छक्याउँदै भाग्न सफल भए।

२०६० मा नेपाल आउँदा भने उनी प्रहरीको पञ्जाबाट फुत्किन सकेनन्। त्यसयता उनको जीवन केन्द्रीय कारागारमा बितिरहेको छ।

शोभराज संसारभर खोजीमा रहेका अपराधी हुन्। भारत, अफगानिस्तानदेखि अन्य देशका जेलबाट उनी भाग्न सफल भएका थिए। उनी १९७६ देखि १९९७ सम्म भारतको तिहाड जेलमा थिए। सन् १९८६ मा उनी आफ्ना साथीसँगै तिहाड जेलबाट भाग्न सफल भएका थिए। तर, तुरुन्तै पक्राउ परे। सन् १९९७ मा रिहा भएपछि उनी विभिन्न देश हुँदै नेपाल आएका थिए।

शोभराजको मुख्य निशानामा विदेशी महिला हुने गरेका थिए। सन् १९७० देखि उनले सुरुमा विदेशी महिलासँग साथीको रुपमा सम्र्पक स्थापित गर्ने र पछि हत्या गर्ने गरेको अनुसन्धानमा पाइएको थियो। उनले धेरै महिलाहरुको यही शैलीमा हत्या गरेका थिए।

जेलबाटै विदेशी सञ्चार माध्यमलाई अन्तरवार्ता
सधैँ चर्चा र विवादमा रहने अन्तराष्ट्रिय अपराधी शोभराज २०२१ अप्रिलमा फेरि समाचारमा छाए। केन्द्रीय कारागार सुन्धारामा कैदी जीवन बिताइरहेका उनले विदेशी सञ्चार माध्यममा अन्तरवार्ता दिएपछि उनको सम्बन्धबारे अनेक समाचार आएका थिए।

चार दशकअघि नेपालमा अमेरिकी र क्यानडेली महिलाको हत्या गरेको अभियोगमा झन्डै १७ वर्षदेखि शोभराज केन्द्रीय कारागारको गोलघरमा छन्। कैदीबन्दीले कुनै पनि मिडियालाई अन्तर्वार्ता दिन पाइँदैन।

शोभराजको जेलजीवन र उनका भावी योजनाबारे उनले दिएको अन्तर्वार्तामा आधारित सामग्री दुई बेलायती पत्रिकामा छापिएको थियो। गृह मातहतका कुनै पनि निकायले शोभराजको अन्तर्वार्ता लिन मिडियालाई अनुमति नै दिएका थिएनन्। कारागार व्यवस्थापन विभागले शोभराजको अन्तर्वार्ताका लागि केही विदेशी मिडियाले अनुमति मागेको भए पनि नदिइएको जनाएको थियो। त्यसबारे छानबिन गर्न गृह मन्त्रालयले समिति नै बनाएको थियो।

प्रारम्भिक अनुसन्धानमा शोभराजले आफन्त तथा परिवारका सदस्यलाई एक हप्तामा बढीमा दुई पटक टेलिफोन सम्पर्क गर्न पाउने आधारभूत अधिकारको दुरुपयोग गरेको हुनसक्ने अनुमान गरिएको थियो। शोभराजले परिवार, आफन्त वा साथीलाई फोन गरेर आफ्ना कुराहरू रेकर्ड गराएर मिडियासम्म पु¥याएको हुन सक्ने बताइएको थियो। कारागारमा फ्रान्सेली भाषा अनुवादक नहुँदा उनले फाइदा उठाएको पनि पाइएको थियो।

शोभराजलाई पछिल्लो समय आफ्ना वकिलबाहेक कसैलाई पनि कारागारमा नभेटेको अवस्थामा उनको अन्र्तवार्ता प्रकाशित भएको थियो। त्यस घटनाबारेको अनुसन्धान प्रतिवेदन भने अहिलेसम्म प्रकाशित छैन।

प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। विवादका क्रममा उनले ‘मर्न... सोमबार, असोज ५, २०८३
नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित फलफूल बजार नजिक असोज २ गते बेलुका ७ बजे पीडितलाई बोलाएर ठगी गर्न खोजेको आरोपमा उनीहरूलाई... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्