काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवतलाई प्रवर्द्धन गर्न र व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताएका छन्।
नेपाल संवत ११४२ का अवसरमा आज (शुक्रबार) शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति पुनले आजको दिनले नेपाल संवत्को प्रवर्द्धन र व्यावहारिक प्रयोगका लागि सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
नेपाल संवतका प्रवर्तक, राष्ट्रिय विभूति शङ्खधर साख्वा:ले प्रगतिशील सामाजिक रुपान्तरणमा पुर्याएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उपराष्ट्रपतिले साख्वा:प्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रगतिशील सामाजिक अभियान्ता तथा नेपालका राष्ट्रिय विभूति शङ्खधर साख्वा:ले आफ्नो व्यक्तिगत सम्पत्तिबाट गरिब किसान जनतालाई ऋणमुक्त गरी सुरु गरेको नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत् रहेको उनले स्मरण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।