काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोहीले चाहँदैमा एमालेलाई सिध्याउन नसक्ने तर्क गरेका छन्।
बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापालाई लक्षित गर्दै कुनै एक व्यक्तिले चाहँदैमा नेकपा एमाले सिध्याउन नसक्ने बताएका हुन्।
थापाले केही दिनअघि आगामी चुनावमा एमालेलाई भक्तपुरबाट ‘क्लिन स्विप’ गर्ने टिप्पणी गरेका थिए। ओलीले थापालाई प्रतिउत्तर दिँदै कांग्रेस कहाँ पुग्यो भन्ने कुराको विचार गर्न आग्रह गरे।
ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाललाई कुरु क्षेत्र बनाउने सपना नदेख्न पनि आग्रह गरे।
उनले १७ हजार नेपाली जनतालाई मारेको र त्यसलाई ठेगान लगाएरै एमालेले सरकार चलाएको अवगत गराउँदै नेपाललाई धर्म क्षेत्र, शान्ति क्षेत्र, विकास क्षेत्र बनाउने बताए। ओलीले कुरुक्षेत्र बनाउने भनेर तर्साउन खोज्नेहरुलाई पराजित गरेरै यहाँसम्म आइपुगेको बताए।
अध्यक्षओलीले आफूलाई प्रचण्डले गणतन्त्र सक्न खोजेको आरोप लगाएकोप्रति लक्षित गर्दै गणतन्त्रको नाम लिनुभन्दा २५ वर्षअघि गणतन्त्रका लागि आफू लडेको बताए। उनले प्रचण्डलाई कुरुक्षेत्रको धाक नलगाउन पनि आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।