काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले पार्टीका ५ विभागलाई पूर्णता दिएको छ।
पार्टीले बिहीबार विज्ञप्ति जारी गर्दै केन्द्रीय सचिवालयको बुधबारको बैठकले पाँच विभागलाई पूर्णता दिएको जानकारी दिएको हो।
झलनाथ खनालको नेतृत्वमा विदेश विभाग गठन गरिएको छ। यो विभागमा प्रमेश हमाल उपप्रमुख रहेका छन्। यस्तै, डा विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर, वाइ.पी संग्रौला र शंकर खतिवडा सदस्य रहेका छन्।
यता, बेदुराम भुसालको नेतृत्वमा संगठन विभाग गरिएको छ। यस विभागमा प्रकाश ज्वाला उपप्रमुख रहेका छन् भने अशोक कोइराला, कृष्ण खनाल र बलदेव चौधरी सदस्य रहेका छन्।
यस्तै, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंश बहादुर शाही पनि सदस्य रहेका छन्।
डा गंगालाल तुलाधरको नेतृत्वमा शिक्षा विभाग तथा विपद् व्यवस्थापन विभाग गठन गरिएको एकीकृत समाजवादीले जनाएको छ। शिक्षा विभागमा लक्ष्मण केसी उपप्रमुख रहेका छन् भने कमला तुलाधर, डा चन्द्र ढकाल, डा उद्धव पोख्रेल, गुणाखर गैरे र सरोज खतिवडा सदस्य रहेका छन्।
यता, विपद् विभागमा सूर्यबहादुर थापा, आयाम पाण्डे, डा राजु थापा र विष्णु तिम्सिना सदस्य रहेका छन्।
यस्तै, गोविन्द कोइरालाको नेतृत्वमा सहकारी विभाग गठन गरिएको छ। यस विभागमा टेकप्रसाद चौलागाई उपप्रमुख रहेका छन् भने नवराज अर्याल, माधवप्रसाद जिसी, ओमप्रताप राणा, देवराज न्यौपाने र किरण मोक्तान सदस्य रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।