काठमाडौं- निर्वाचन आयोगले विवेकशील साझा पार्टीको बहुमतले गरेको निर्णयलाई वैधता दिएको छ। आयोगको बुधबार बसेको पदाधिकारी बैठकले पार्टीको नयाँ विधान र केन्द्रीय कार्य समितिलाई आयोगको विवरणमा अद्यावधिक गर्ने निर्णय गरेको जनाएको छ।
मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्नुका साथै केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो। त्यसअनुसार विवरण अद्यावधिक गर्न पठाएको पत्रलाई आयोगले स्वीकार गरेको छ।
आयोगले बुधबार सो पार्टीलाई पत्र पठाएर यसबारे जानकारी गराएको हो। अब विवेकशील साझाको केन्द्रीय अध्यक्ष रवीन्द्र मिश्र र १२४ जना केन्द्रीय सदस्य आयोगको आधिकारिक विवरणमा रहेका छन्।
‘विवेकशील साझा पार्टीको विधान (२०७८) र केन्द्रीय समितिमा हेरफेर भएको विवरण राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ र राजनीतिक दल सम्बन्धी नियमवाली, २०७४ को नियम २५ बमोजिम अद्यावधिक गरी अभिलेखिकरण भएको व्यहोरा जानकारीको लागि अनुरोध छ,’ आयोगका शाखा अधिकृत नवराज विष्टले विवेकशील साझा पार्टीलाई पठाएको पत्रमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।