काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा आज (बिहीबार) स्वदेश फर्किने भएका छन्। संयुक्त अधिराज्य (बेलायत)को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औं सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिइ देउवा बिहीबार स्वदेश फर्कन लागेका हुन्।
नोभेम्बर १ र २ (कात्तिक १५ र १६)मा आयोजित सम्मेलनमा सहभागी हुन २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा यही कात्तिक १२ गते लण्डन प्रस्थान गरेका थिए।
बुधबार स्थानीय समय दिउँसो १.५५ बजे इडेनवर्गबाट प्रस्थान गरेको देउवाको नेतृत्वको टोली कतार एयरवेजको उडानबाट दोहा हुँदै आज बिहान काडमाडौं आइपुग्नेछ। वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप–२६ मा सहभागी भएकाले उनी बाहेक भ्रमण टोलीमा रहेका अन्य सबैजना स्वदेश फर्किन लागेका हुन्।
पाँचौँपटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो।
प्रधानमन्त्री देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भई वल्ड लिडर समिटलाई सम्बोधन गरेका थिए। प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा विभिन्न राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।