काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाका विषयमा नेकपा (एमाले) निकट कानुन व्यवसायीहरु विभाजित भएका छन्। एमाले समर्थित कानुन व्यवसायीहरुको सङ्गठन प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठनले दुईथरि विज्ञप्ति जारी गरेको छ।
बिहानै कार्यवाहक अध्यक्ष भन्दै रमा श्रेष्ठको नाममा विज्ञप्ति जारी भएको थियो। उनले न्यायाधीशहरुले इजलास बहिष्कार गरेको घटना गलत भएको भन्दै विरोध गरेको थियो। उसले तत्काल फुलकोर्ट बोलाउन माग गरेको छ।
इजलास बहिष्कार जस्ता कार्यक्रमबाट वर्तमान गतिरोध समाधान हुन नसक्ने र इजलास नबस्ने जस्ता कार्य अस्वाभाविक र अशोभनीय रहेको हुँदा सो कार्य तत्काल बन्द गर्न भनिएको थियो।
न्यायिक उपचार प्रदान गर्न संविधानले प्रदान गरेको दायित्वबाट सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरु पन्छिन नमिल्ने भन्दै आन्दोलननको विपक्षमा उभिएको थियो। तर, दिउँसो पीपीएलका अध्यक्ष रुद्रप्रसाद नेपालले अर्को विज्ञप्ति जारी गर्दै सङ्गठनका उपाध्यक्षले आफू कावा अध्यक्ष उल्लेख गरी जारी गरेको भनिएको विज्ञाप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
‘यस सङ्गठनको अध्यक्षको जिम्मेवारीमा म रहिरहेको अवस्थामा संस्थागत निर्णयविना जारी गरिएको उक्त विज्ञप्ति संस्थाको आधिकारिक नभएको व्यहोरा जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ, 'यो सङ्गठन वर्तमान आन्दोलनमा नेपाल वार एसोसियसनले गरेको संस्थागत निर्णयको पक्षमा रहेको व्यहोरा सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछु।’
काव अध्यक्ष श्रेष्ठद्वारा जारी विज्ञप्ति:


अध्यक्ष नेपालद्वारा जारी विज्ञप्ति:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।