काठमाडौं- माया राणा तुफोले दरबार हाई स्कुलको दुई पुस्तकालयका लागि सहयोग गरेकी छन्। उनले आफ्नो स्वर्गीय बुबा प्रभाकर एसजेबी राणाको सम्झनामा उक्त सहयोग गरेकी हुन्।
उनले आफ्ना बुबाले शैक्षिक र तालिम कार्यक्रममा जोड दिएकाले समुदायको लागि पुस्तकालय स्थापना गर्ने जिम्मेवारी लिने संस्थालाई रकम दिन चाहेको बताइन्।
उक्त सहयोगबाट जोन्टा क्लब काठमाडौंले दरबार स्कुलमा पुस्तकालय स्थापना गर्नेछ। क्लबले यसको उद्देश्य उच्च गुणस्तरको पुस्तकालय विद्यार्थीको पहुँचमा सुनिश्चित गर्नु हो र प्रत्येक विद्यार्थीका लागि कर्मचारीहरूद्वारा सञ्चालित गतिशील, राम्रो संशाधनयुक्त पुस्तकालयको स्थापना गर्नु रहेको जनाएको छ।
यसैबीच दरबार हाई स्कुलको पुस्तकालय बुधबार उद्घाटन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।