फाइल तस्बिर
काठमाडौं–नेपाली कांग्रेसका नेता गगन थापाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका कारण पाँच हजार नागरिकले ज्यान गुमाउनुपरेको आरोप लगाएका छन्।
कोभिड-१९ नियन्त्रण तथा रोकथाममा ओली सरकारले गरेको लापर्बाहीका कारण बचाउन सकिने ५ हजार जनाको ज्यान गएको थापाको आरोप छ। ‘११ हजार जनाको कोभिडका कारण मृत्य भएका मध्ये ६ हजारलाई बचाउन सक्ने अवस्था थिएन,’ पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले भक्तपुरको एक कार्यक्रममा भने, ‘पाँच हजार मान्छेले तत्कालीन सरकारको लापर्बाहीले गर्दा जीवन गुमाए। तिनको हत्या भएको हो।’
ओलीको कार्यकालमा चरम लापर्बाही, जवाफदेहीविहीनता र विज्ञानमा विश्वास नगरेका कारण उनीहरुको मृत्यु भएको उनको आरोप थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।