काठमाडौं– अधिवक्ता टीकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदमा बस्ने कानुनी र वैधानिक अधिकार नभएको बताएका छन्।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बारले सर्वोच्च परिसरमा आयोजना गरेको आन्दोलन (विरोध प्रदर्शन)लाई सम्बोधन गर्दै अधिवक्ता भट्टराईले प्रधानन्यायाधीश जबराबाट राजनीतिज्ञको जस्तो व्यवहार प्रदर्शन भएको पनि टिप्पणी गरे।
प्रधानन्यायाधीश जबराले राजनीतिज्ञले जस्तो मुद्दा राखेर बार्गेनिङ गरेको भट्टराईको टिप्पणी छ। जबराले अदालतमा विचाराधीन रहेको मुद्दामा टिप्पणी गरेको भन्दै भट्टराईले आपत्ति जनाए।
'उहाँले स्वार्थ बाझिएको मुद्दा सुनुवाइ गर्नुभयो। आफन्तहरु मुद्दामा चलखेद गर्दा मौन रहनु भयो,' भट्टराईले भने।
प्रधानन्यायाधीश जबराले राजनीतिक दलका नेताले जस्तै पदबाट हट्दिनँ भनेको पनि भट्टराईले टिप्पणी गरे।
'उहाँले राजनीतिज्ञले झैं हट्दिनँ भन्नुभयो। प्रधानन्यायाधीशको क्षेत्र कानुन व्यवसायी हो,' तपाईं आफ्नो निर्वाचन गराउनोस्। बारका पदाधिकारी र न्यायाधीशका बीचमा मतपत्र राखौं, विजयी हुनुहुन्छ कि हुनुहुन्न,' भट्टराईले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।