काठमाडौं– तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन, आज (बुधबार) कुकरको पूजा गरी कुकुर तिहार मनाइँदै छ।
आजको दिन इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिइन्छ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ।

आज बिहान ७:१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ।

कुकुर तिहारको अवसरमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलले कुकुरको पूजा गरेका छन्।
प्रहरीको केन्द्रीय कुकुर तालिम केन्द्रमा कुकुरको पूजा गरियो।
अपराध अनुसन्धान तथा विपद् बेला खोज तथा उद्धारमा सुरक्षा निकायलाई कुकुरले मद्दत पुर्याउँछन्।
तस्बिर– रासस
नेपाल प्रहरीसँग लागु औषध, ट्रयाकर, रेस्क्यू र विपद् उद्दार गरी चार बिधाका ८७ वटा कुकुर छन्।
भक्तपुरको मध्यपुर थिमि–२ सानो थिमिस्थित नेपाली सेनाको भैरव बहान गुल्ममा पनि कुकुरको पूजा गरियो। पूजाअघि तालिमप्राप्त कुकुरहरुद्ये विभिन्न कला प्रदर्शन गरेका थिए।
तस्बिर– रासस
नेपाली सेनाले विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिइ प्रदर्शनी समेत गर्न लगाइएको थियो।













नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।