काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि आफू बाहेकको इजलास गठन गरेका छन्। प्रधानन्यायाधीश राणाले आज ९ वटा इजलास तोकेका हुन्। सवै इजलासमा बन्दी प्रत्येक्षीकरणको मुद्दामा मात्र सुनुवाइ हुनेछ।
यसअघि सोमबार र मंगलबार पनि प्रधानन्यायाधीश राणाले आफू बाहेकका इजलास गठन गरेका थिए।
प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग गर्दै सर्वोच्चका न्यायाधीशहरुले दबाब दिइरहेका छन्। राणाविरुद्ध नेपाल बार एसोसिएसन पनि आन्दोलनमा उत्रिएको छ।
प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलनरत न्यायाधीशहरुले तिहारपछि आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेका छन्।
मङ्गलबार छलफलमा बसेका न्यायाधीशहरुले तिहार बिदाको अन्तिम दिन बन्दीको मुद्दा सुनुवाइ गर्ने र तिहारपछि पनि प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेका हुन्।
राजीनामाको दबाबपछि राणाले सम्मानजनक बहिर्गमनका लागि समय दिन आग्रह गरेका छन्। मन्त्रिपरिषदमा भागवण्डा खोजेको लगायतको विषयले राणा विवादमा परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।