प्रतिकात्मक तस्बिर
काठमाडौं– जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का १ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ।
प्रहरीका अनुसार नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा दुर्घटना भएको छ। मंगलबार राति २ बजे दुर्घटनामा परेको ट्र्याक्टरमा ४ जना सवार थिए।
दुर्घटनामा परी नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारि दिए।
दुर्घटनामा नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सहचालक हुन् । घाइते परियारको अवस्था गम्भीर रहेको डीएसपी थापाले जानकारी दिएको छ।
प्रहरीले दुर्घटनाको कारण खुल्न नसकेको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।