फाइल तस्बिर
काठमाडौं- कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका छन्।
मङ्गलबार साँझ मुख्यमन्त्री नियुक्त भएलगत्तै शाहीले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
गठबन्धनमा भएको सहमतिअनुसार सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका थिए। त्यसपछि गठबन्धनका २१ प्रदेश सभा सदस्यको समर्थनमा कांग्रेस नेता शाही मुख्यमन्त्री बनेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।