काठमाडौं- नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन्। उनले २१ सांसदको समर्थनसहित आज प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।
कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरिएको नेपाली कांग्रेस कर्णाली प्रदेश सभाका सचेतक हिमबहादुर शाहीले जानकारी दिए।
शाहीलाई कांग्रेसका छ, माओवादी केन्द्रका १२ र एकीकृत समाजवादीका तीन गरी २१ सांसदले समर्थन गरेका छन्।
मुख्यमन्त्रीमा नियुक्त भएपछि आजै शपथ लिने तयारी भएको उनले बताए। आजै बेलुका साढे ८ बजे प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ हुने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।