फाइल तस्बिर
काठमाडौं- कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले स्वतन्त्र न्यायपालिकाभित्र देखिएको विवादमा सरकारले हस्तक्षेप गर्न नमिल्ने बताएका छन्।
नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री बडुले अदालतको विवादमा सरकारले हस्तक्षेप गर्न नमिल्ने तर्क गरेका हुन्।
‘स्वतन्त्र न्यायपालिकाभित्र देखिएको समस्या न्यायपालिकाभित्रबाटै समाधान होस् भन्ने चाहिरहेका छौं,’ उनले भने, ‘जनताको आस्था/विश्वासमा कमी आउन दिनहुन्न भन्ने हाम्रो भनाइ हो।’
उनले सरकारले जनताको चासोका रुपमा रहेको न्याय अवरुद्ध हुने त होइन भन्ने चिन्तामा सरकारले सोचिरहेको पनि बताए। ‘हाम्रो अपेक्षा र सीमा पनि त्यही हो। जनताको चासो संविधानसम्मत ढंगबाट न्याय अवरुद्ध हुने त होइन कि भन्ने पनि देखिएको छ,’ उनले भने, ‘समयमा व्यवस्थापन गर्नका निम्ति तयार छौं। अहिले पनि स्वतन्त्र न्यायपालिका उब्जिएको समस्या त्यही भित्रबाट समाधान होस् भन्ने हामी भन्न चाहन्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।