काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २६)मा सहभागी हुन बेलायतको ग्लास्गो पुगेका देउवा र मोदीबीच मंगलबार ‘साइडलाइन वार्ता’ भएको हो।
देउवा प्रधानमन्त्री बनेयता छिमेकी मुलुकका समकक्षीसँग भएको यो पहिलो औपचारिक वार्ता हो।
दुवै प्रधानमन्त्रीहरुले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल गरेको प्रधानमन्त्री देउवानिकट स्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।