काठमाडौं- वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्मानजनक बहिर्गमन हुन नसक्ने बताएका छन्। उनले विवादित मानिसको सम्मानजनक बहिर्गमन कसरी हुन्छ भन्दै प्रश्न गरे।
संस्थाको मर्यादा र आफ्नो मर्यादा कायम गर्ने हो भने राणाले राजीनामा दिनुपर्ने उनको भनाइ छ।
'त्यो नै उपयुक्त हुन्छ। हामी न्यायालय बचाउन उभिएका हौं। न्यायाधीशमा पनि विभाजन ल्याउन खोजिएला विभाजित नहुनुस्। संस्थाको मर्यादाबाहेक हामीलाई केही चाहिएको छैन', नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणाविरुद्ध गरेको आन्दोलनमा सहभागी हुने क्रममा दाहालले भने।
उनले न्यायपालिकाको शुद्धीकरण अभियान चलाएर सुझाव दिएको स्मरण गर्दै त्यो कार्यान्वयन नभएको गुनासो पोखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।