फाइल तस्बिर।
काठमाडौं- वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पालामा न्यायालयमा विचौलियाको प्रभाव बढेको टिप्पणी गरेका छन्।
नेपाल बार एसोसिएसनको आन्दोलनमा सहभागी हुने क्रममा उनले अदालतमा बेञ्च सेटिङ र बेञ्च सपिङ बढेको पनि टिप्पणी गरे।
राणाले न्यायालय ठीक ढंगले हाक्न नसकेका कारण भ्रष्टाचार बढेको श्रेष्ठको भनाइ छ।
'प्रधानन्यायाधीशले टेलिभिजनमा गएर बेञ्च सपिङको बचाउ गर्नुहुन्छ। कसरी पत्याउने?', उनले भने, 'उहाँले १९ न्यायाधीशको नेतृत्व गर्न सक्नुभएन। प्रधानन्यायाधीश राजनीतिक दलको नेता हुनुभयो।'
श्रेष्ठले न्यायालयको विवादमा राजनीतिक दलहरू मौन बस्न नहुने बताए। उनले दलहरूले मौनताको ठूलो मूल्य चुकाउनुपर्ने बताए।
'तीन वर्षका फैसला अध्ययन गरौं। देशभरका न्यायाधीशले आन्दोलन गर्नुपर्ने अवस्था छ। राणालाई अब पदमा राखेर भ्रष्टाचार, विकृतिविहीन हुँदैन', श्रेष्ठले भने, 'उहाँले राजीनाना नदिएमा नेपाल बारले थप सशक्त आन्दोलनका कार्षक्रम घोषणा गर्ने छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।